काठमाडौं । वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना दरबारमार्गबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५३ वर्षीय पृथ्वीराज सिग्देल रहेको प्रहरीले जनाएको छ।
पीडित मनिराम सिग्देलसमेतलाई वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै दुई लाख ७० हजार रकम लिइ उनी फरार भएका थिए।
आफू ठगिएको थाहा पाएपछि पीडितहरूले सिग्देलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्। सिग्देलमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।