जनकपुरमा एक पुरुषको शव फेला

Nepal Cover
१५ माघ २०८०, सोमबार
image

जनकपुर। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडि सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ ।

अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।