सुनचाँदीको मूल्यमा वृद्धि

Nepal Cover
१५ माघ २०८०, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।