नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि

Nepal Cover
१५ माघ २०८०, सोमबार
image

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार १०.३७ अंकले बढेर २०९४.४६ बिन्दूमा पुगेको नेप्से आज सोमबार १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ । ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरकाे कारोबार भएको छ ।

आज लघुवित्त, निर्जीवन र ट्रेडिङ बाहेकका उपसमूहमा वृद्धि देखिएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ६५.२८, उत्पादमूलक र प्रशोधनतर्फ ३५.९५, अन्य समूहमा ३४.६८ र होटल तथा पर्यटन उपसमूहको सूचक ३१.५६ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार रकम करिब १३ करोड रहेको छ।

युनियन हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता २२ रुपैयाँ १० पैसा बढ्नेगरी सकारात्मक सर्किट लाग्दा गरिमा डिबेञ्चर २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लाग्दै ९८ रुपैयाँ ५० पैसाले घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।