विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Nepal Cover
१६ माघ २०८०, मंगलवार
image

काठमाडौँ। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेकाे छ । कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिराहा जिल्ला बिष्णुपुर गा.पा. वडा नं. ०२ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ०४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साहले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ४५ हजार रूपैयाँ तलबमा प्रतिष्ठित कम्पनीको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ईमाडोलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।