February 1, 2024
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७ दशमलव ०१ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १८ वटाको बढेको छ भने २२७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये समाज लघुवित्त वित्रीय संस्था लिमिटेडको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ५८२.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.४२ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रकाशित मिति:February 1, 2024
November 24, 2024