नेपाल मेरो  जन्मभूमि……

  Sampatti News Online

February 4, 2024

नेपाल मेरो  जन्मभूमि र कर्मभूमि हो
भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो
मेरो देश नेपाल हो यो मुद्रास्फीतिले भरिएको छ
राष्ट्रलाई  माथि उठाउने मेरो  ठुलो स्वार्थ छ
 
देश कता जाँदै छ लागेको छु केही सोच्न
पहल गर्नुपर्छ देशको अर्थतन्त्र सुधार गर्न
देशका राजनीतिज्ञले देश बनाउन लाग्नुपर्छ 
भाइचारा, देश प्रेम र समाज प्रति जबाफदेही हुनुपर्छ
 
हे धर्ती माता मेरो देशप्रति गहिरो प्रेम छ
म त हजुर नेपाली देशलाई विश्वमा  चिनाउनु छ
राष्ट्रियता र देश प्रेम मन मुटुमा राख्नु छ
अरू त छैन चाहना देशलाई प्रेम गर्नु छ
 
यो देश हाम्रो देश हो सधैँ जय होस् हाम्रो देशको
पढ्नु छ कथा मैले देश प्रेम ,एकता र स्वाभिमानीको
नेपाल मेरो  जन्मभूमि र कर्मभूमि हो
भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो

प्रकाशित मिति:February 4, 2024