प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ विन्दुले बढ्यो

Nepal Cover
२२ माघ २०८०, सोमबार
image

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ विन्दुले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ५.३१ अंक घटेर २०६१.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंक बढेर २०६३.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक घटेको छ।

यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।