यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

February 6, 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:February 6, 2024