बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Nepal Cover
२४ माघ २०८०, बुधबार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार (आज) सुनको मूल्य बढेको छ।

बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।