बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

  Sampatti News Online

February 7, 2024

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार (आज) सुनको मूल्य बढेको छ।

बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति:February 7, 2024