प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

February 7, 2024

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।

संसद् सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा गुरुङले प्रस्तुत गरेको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका पनि तय गरिएको छ।

प्रकाशित मिति:February 7, 2024