सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Nepal Cover
२५ माघ २०८०, बिहीबार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो ।