एनआइसी एसिया बैंककाे व्यवसाय नभएपछि कम्तीमा ५० शाखा बन्द गर्ने

Nepal Cover
२५ माघ २०८०, बिहीबार
image

काठमाडौं। एनआइसी एसिया बैंकले कम्तीमा ५० शाखा र एक दर्जन विस्तारित (एक्सटेन्सन) काउन्टर बन्द गर्ने भएको छ। आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा धक्का लागेपछि बैंकले विभिन्न ठाउँका शाखा बन्द गर्न नेपाल राष्ट्र बैंकमा निवेदन दिएको हो।

केन्द्रीय बैंकले अनुमति दिए एनआइसी एसियाका व्यवसाय कम भएका शाखा बन्द गर्न बाटो खुल्नेछ। तर, एनआइसी एसियाले भने विस्तारित काउन्टर मात्रै बन्द गर्न निवेदन दिएको दाबी गरेको छ। सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा विस्तारित  काउन्टर बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको बैंकका सूचना अधिकारी अर्जुन खनियाँले जानकारी दिए।

राष्ट्र बैंक स्रोतका अनुसार ग्रामीण क्षेत्रका शाखामा सञ्चालन खर्च अत्यधिक रहेको र व्यवसाय खासै नभई बढी मात्रा घाटामा गएका शाखा बन्द गर्न निवेदन आएको जनाएको छ।  स्थानीय सरकारको खाता सञ्चालनका लागि विस्तारित काउन्टर सरकारी खाता हाम्रो बैंकमा नआउने भएपछि बन्द गर्ने प्रकृया अघि बढाएका छौं,’ बैंकका सूचना अधिकारी खनियाँले भने, ‘काठमाडौं उपत्यकाभित्र र बाहिर गरी करिब १२ वटा यस्ता काउन्टर बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएका छौं।’