February 14, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सो उपसमूहको परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। आज नेप्से ५.९१ अंकले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा बन्द भएको हो । ४ अर्ब २५ करोड २७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १३२ वटाको बढेको छ भने १११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड, पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् । यी कम्पनीहरुमा आज सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.५६ अंक बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।
प्रकाशित मिति:February 14, 2024
November 23, 2024