नेप्से परिसूचकमा झिनो अंकको गिरावट

Nepal Cover
१६ फाल्गुन २०८०, बुधबार
image

काठमाडौं ।बुधबार नेप्से परिसूचक ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ। ७१ कम्पनीको शेयरमूल्य बढ्दा १७० कम्पनीका शेयरधनीले चाहिँ गुमाएका छन्‌ । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।

कूल ५१ लाख १५ हजार ६८५ कित्ता शेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा कारोबार भएको छ । विशाल बजार, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई कम्पनीको शेयरमूल्यमा सर्किट लाग्दा प्रतिकित्ता क्रमशः ३६६, १ हजार ७८५.५० र १ हजार ४६७.७० रुपैयाँ बढेको छ ।

आज शेयरबजारमा साम्लिङ पावरका शेयरधनीले सर्वाधिक ६.६६ प्रतिशत गुमाएका छन्‌ । गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका शेयरधनीले पनि क्रमशः ५.९७ र ५.२३ प्रतिशत गुमाएका छन्‌ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। आज सोनापुर मिनरल्सको सर्वाधिक १२ करोड ६९ लाख ६५ हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.११ प्रतिशत घटेको छ।