अमेरिकन डलरकाे भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  Sampatti News

March 4, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज साेमबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर स्थिर छ । राष्ट्र बै‌कका अनुसार साेमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा र बिक्री दर १४४ रुपैयाँ १० पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ७८ पैसा र बिक्री दर १५० रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३४ पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०५पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति:March 4, 2024