घट्याे अमेरिकन डलरकाे भाउ, यस्ताे छ विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 5, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज मगलबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलकाे भाउ घटेकाे छ । राष्ट्र बै‌कका अनुसार म‌गलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३३ पैसा र बिक्री दर १३२ रुपैया ९३ पैसा कायम भएकाे छ । साेमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम भएकाे थियाे ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा र बिक्री दर १६८ रुपैयाँ ४६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ७५ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति:March 5, 2024