सुनको मूल्य हालसम्मकै उच्च

  Sampatti News

March 5, 2024

काठमाडौँ I नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ । 

अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ ।

यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजार रुपैयाँको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।

प्रकाशित मिति:March 5, 2024