March 5, 2024
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । सोमबार ६ प्रतिशतले बढेको नेप्से मंगलबार भने नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंक घटेको छ।
यस दिन ३१६ स्टकको ६९ हजार २०८ पटकको कारोबारमा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ३३ वटाको बढेको छ भने २१३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.७३ प्रतिशतले बढेर प्रतिकित्ता ९९५ रुपैयाँ पुगेको छ ।
आज बोटलसै नेपाल बालाजु लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने घोराही सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।
प्रकाशित मिति:March 5, 2024
November 24, 2024