सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?

Nepal Cover
२३ फाल्गुन २०८०, बुधबार
image

काठमाडाैं । बुधबार (आज) पनि सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। बुधबार तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनामएको थियो। आज पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

यस्तै चाँदीको भाउ भने घटेको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको हो। केहि समययता अमेरिकि केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ घटेको छ। यसले गर्दा सुनको भाउ बढ्दै गएको हो।