March 8, 2024
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १६ पैसा र बिक्री दर १३२ रुपैया ७६ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ २५ पैसा र बिक्री दर १५० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३० पैसा र बिक्री दर ८७ रुपैयाँ ७० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३४ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९८ पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
प्रकाशित मिति:March 8, 2024
November 24, 2024