सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

  Sampatti News

March 8, 2024

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट गरेको छ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई बाँडफाँटमा सहभागी गराइएको हो । मागभन्दा बढी आवेदन परेकाले न्यूनतम ५० कित्ता बाँडफाँटको व्यवस्था बमोजिम ५५ हजार ५२१ जनालाई ५० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

पहिलो चरणमा न्यूनतम ५० कित्ता आईपीओ बाँडफाँट गर्दा बाँकी रहेको २६ कित्ता आईपीओ ५० कित्ताभन्दा बढी माग गर्ने २६ जना आवेदकहरूलाई थप एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयर खरीद माग गरेका थिए । कुल आवेदकहरूमध्ये १ हजार ३४२ आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ ।

प्रकाशित मिति:March 8, 2024