सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

  Sampatti News

March 10, 2024

काठमाडौँ । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्यले आइतबार पनि इतिहास कायम गरेको छ ।

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मै उच्च मूल्य हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो । आइतबारको लागि तेजावी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:March 10, 2024