सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य हो ।

आइतबार (हिजाे) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी  १४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।