March 12, 2024
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा बन्द भएको हो ।
मंगलबारको नेप्सेमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा बढी हो । गत आइतबार २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति:March 12, 2024
November 24, 2024