चैतमा अधिकांश बैंकहरुले घटाए व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?

  Sampatti News

March 13, 2024

काठमाडौं । अधिकांश बैंकहरुले चैतका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले चैतमा लागू हुने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन्। पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।

बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने संस्थागततर्फ भने ०.२८ प्रतिशतले ब्याजदर बढेको छ । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो । कृषि विकास बैंकको संस्थागततर्फ ०.०७ प्रतिशत बढेर ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ०.७८ प्रतिशत घटेर ५.६६६१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि फागुनमा बैंकले संस्थागततर्फ ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनएमबि बैंकले व्यक्तिगततर्फ १.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज प्रदान गरेको थियो । प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.७४ प्रतिशत बढाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले फागुनमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो ।ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुनमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । हिमालयन बैंकले व्यक्तिगततर्फ ०.६५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटेर ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ६.५ प्रतिशत र संस्थागततर्फ ०.५ पतिशत घटाएर ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.३५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत बढाएर ८.५४८ प्रतिशत र संस्थागततर्फ १.५५ प्रतिशत बढाएर ७.५४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर ७.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ०.८५ प्रतिशत बढेर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ १.०९ प्रतिशत घटाएर ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुमारी बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५१ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बढाएर ६.५१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

प्रकाशित मिति:March 13, 2024