घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

Nepal Cover
३० फाल्गुन २०८०, बुधबार
image

काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।