March 14, 2024
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज बिहीबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बैकका अनुसार बिहीबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २९ पैसा र बिक्री दर १३२ रुपैया ७९ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ६७ पैसा र बिक्री दर १५१ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५१ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
प्रकाशित मिति:March 14, 2024