सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

  Sampatti News

March 14, 2024

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ८ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति:March 14, 2024