कृषि विकास बैंकले मनायाे ग्लोबल मनि विक

  Sampatti News

March 18, 2024

काठमाडाै‌ । कृषि विकास बैंकले एक कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ । बै‌कले बागमती प्रदेश कार्यालयायमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि विक मनाएको हो ।

पहिलाे दिन बै‌कले बैंकको शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालिकामा रहेको सर्वमङ्गला माध्यमिक विद्यालयमा ग्लोबल मनि विकको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।

कार्यक्रममा वित्तीय साक्षरताका सम्बन्धमा बैंक, बैंकका सेवाहरू, विद्युतीय बैंकिंङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत अन्य विषयका सम्बन्धमा बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले प्रकाश पारेका थिए ।

त्यस्तै विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्त्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा पालन जस्ता विषयका सम्बन्धमा जानकारी गराएका थिए ।

बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको बै‌कले जनाएकाे छ ।

कार्यक्रम सर्वमङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडेल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोबार गर्नुको फाइदाका सम्बन्धमा प्रकाश पारेका थिए ।

बागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मधुसूदन खकुरेलले सञ्चालन गरेको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रबन्धक विनोद कोइरालाले स्वागत मन्तव्य राखे

सन् ०१२ देखी सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरिका १७६ मुलुकका ४० हजार संस्थाहरूको संलग्नता मार्फत १२ करोड जनसङ्ख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।

प्रकाशित मिति:March 18, 2024