बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

  Sampatti News

March 19, 2024

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार (मंगलबार) आज छापावाल सुनको मूल्य प्रतितोला सात सय बढेर प्रतितोला एक लाख २५ हजार दुइ सय रुपैयाँ कायम भएको छ।

त्यसतै तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:March 19, 2024