नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको काठमाण्डौं र पोखराका पेट्रोल पम्प २४ घण्टा खुल्ला

  Sampatti News

March 21, 2024

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल २४ घण्टा सञ्चालनमा आउने भएका छन् । चैत ७ गतेदेखि नै ति पेट्रोल पम्पहरु २४ घण्टा खुल्ला गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्पले २४ सै घण्टा सेवा दिने गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:March 21, 2024