यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

  Sampatti News

March 24, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ९४ पैसा र बिक्री दर १४८ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८० पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रकाशित मिति:March 24, 2024