यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 25, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार साेमबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रकाशित मिति:March 25, 2024