बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

  Sampatti News

March 25, 2024

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति:March 25, 2024