दोहोरो अंकले घटेसँगै बन्द भयो नेप्से 

Nepal Cover
२८ चैत्र २०८०, बुधबार
image

काठमाडौं । दोहोरो अंकले घटेसँगै यो वर्षको सेयर बजार बन्द भएको छ । बुधबार नेप्से परिसूचक १०.३० अंक घटेर २०२५.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार चार अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६३ वटाको बढेको छ भने १७६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मान्डु हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज क्रमशः ९.६९ र ८.२६ प्रतिशतले बढेको छ ।                 

आज सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको कारोबार रकम ११ करोड नाघेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ।