घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

Nepal Cover
२ बैशाख २०८१, आईतवार
image

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ घटेको हो । 

शुक्रबार बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो। यस दिन सुन (छापावाल) प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।