घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Nepal Cover
२१ बैशाख २०८१, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको छ।

बिहीबार प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ कारोबार भएको छापावाल सुन शुक्रबारका लागि भने एक लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन एक लाख ३५ हजार ८५० रुपैयाँ थियो।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। चाँदी तोलामा एक हजार ६४५ रुपैयाँ निर्धारण भएको छ।