लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण

Nepal Cover
२६ बैशाख २०८१, बुधबार
image

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ।

काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न. १६ स्थित खरिबोट, बनस्थलीमा स्थानान्तरण गरिएको छ।

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।   

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।