सेयर बजार सुधार, कारोबार रकम पनि सामान्य बढ्यो

  Sampatti News Online

May 12, 2024

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से परिसूचक ८.२६ अंक बढेर १९७४.५० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

 यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ४९ हजार ७६४ पटकको कारोबारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सिर्जनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३७२.८० रुपैयाँ पुगेको छ । यसका साथै आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.५२ प्रतिशतले बढेको छ ।  

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.४४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० करोड ५० लाख बराबरको कारोबार भएको छ । 

प्रकाशित मिति:May 12, 2024