बैंकिङमा आएको उत्साहले नेप्सेमा लगानीकर्ताको आकर्षण

  Sampatti News Online

May 13, 2024

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढेको छ । नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ।

दिउँसो १२ बजेर ५६ मिनेटमा दुई हजार विन्दुमा पुगेको नेप्से त्यसपछि उतारचढावका बीच एक हजार ९९८.८९ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढ्यो । 

सीवाईसी लघुवित्तको ५.६, आरम्भ चौतारी लघुवित्तको ३.३ तथा रिभर फल्स पावरको २.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा संस्थापक, सीईडीबी हाइड्रोपावर, कर्णाली विकास बैंक, पोखरा फाइनान्स र कुमारी बैंक क्रमशः अगाडि रहे ।

प्रकाशित मिति:May 13, 2024