नेप्सेमा सामान्य अंकको गिरावट

  Sampatti News Online

May 15, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ।

नेप्सेमा आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६५ वटाको बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।     

आज गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति:May 15, 2024