आजको विदेशी मुद्राको विनिमय दर कति ?

  Sampatti News

May 18, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ०४ पैसा र बिक्री दर १३३ रुपैया ६४ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ३० पैसा र बिक्री दर १४६ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५४ पैसा र बिक्री दर ८ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति:May 18, 2024