नेप्सेमा उच्च अंकको वृद्धि, झण्डै ६ अर्बको सेयर कारोबार

  Sampatti News Online

May 20, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से २७.५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा बन्द भएको हो ।    

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । उक्त दिन झण्डै ८१ हजार वटा कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । आइतबार ५ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १३४ वटाको बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने एक कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।   

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.४० प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १९ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।   

प्रकाशित मिति:May 20, 2024