माेरङ कारागारका कैदीको मृत्यु

Nepal Cover
८ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौँ । मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।