नेप्सेको उकालो यात्रा कायमैसँगै कारोबार रकम पनि बढ्यो

  Sampatti News

May 22, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज आज नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

नेप्सेमा आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये ८१ वटाको बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८।०५ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति:May 22, 2024