सहकारी ठगीमा संसदीय समितिको कार्यादेश टुंग्याउन बैठक बस्दै

  Sampatti News Online

May 23, 2024

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक (बिहीबार) आज बस्दैछ । आज दिउँसो ३ बजे कार्यदलको बैठक बस्ने भएको छ । सहकारी संस्थाको रकम ठगीको विषयमा छानबिन गर्न गठनबारे संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । काँग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ । 

प्रतिनिधि सभाको बैठक भोलिका लागि बोलाइएको छ । त्यसअघि सहमति खोजेर सदन सुचारु हुने वातावरण बनाइदिन सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:May 23, 2024