घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

  Sampatti News Online

May 23, 2024

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति:May 23, 2024