राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

  Sampatti News Online

May 23, 2024

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्। खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।

बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारीमा थिए । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।

प्रकाशित मिति:May 23, 2024