घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

  Sampatti News Online

May 24, 2024

काठमाडौँ । आज सुन नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६हजार ९सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार २५०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको१ लाख ३८ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ ।

प्रकाशित मिति:May 24, 2024